बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

आजकोकुरा:साउन २० , धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएपछि २ नेपाली बालबालिकाको मृत्यु भएको छ ।

दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।

सोमबार बान्ताको समस्या देखिएपछि स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए ।अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए अनुसार क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी-भाइको मृत्यु भएको हो ।

खड्काले बताए अनुसार उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको जानकारी दिए । यस्तै अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् ।

ती डाक्टरलाई अहिले प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षले जानकारी दिए । मंगलबार मृतक दुुवै जनाको हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com