शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गरेन :पूर्व गभर्नर डा. नेपाल

आजकोकुरा : साउन ३०,काठमाडौं । पूर्वगभर्नरहरुले नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार रिपोर्टस क्लबले काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले अनुसार नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको बताए ।

कार्यक्रममा नेपालले भारत सरकारले किसानहरुलाई राहत स्वरुप नगद वितरण गरेको उदाहरण दिँदै नेपालमा पनि त्यसो गर्नुपर्ने समेत बताउदै ‘भारत सरकारले भर्खरै ५ सय अर्ब बजेट साना किसानको लागि राहत वितरण गरेको छ । कोभिडको यस्तो संकटमा विश्वका सबै देशका कमजोर वर्गको राहतको लागि नगद नै वितरण हुने गरेका छन । तर नेपालमा भने त्यसो हुन किन सकेन ?’ प्रश्न समेत गर। साथै उनले ‘मौद्रिक नीतिले प्रभावितहरुलाई राहत दिने कुरा गरेपनि निम्न वर्गलाई ध्यान दिने गरी कार्यक्रम ल्याउन सकेको देखिएन ’भने ।

यसैगरी अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरेका छन् ।

उनले ‘घोषणा हुने तर कार्यान्वयन नहुने वा भएपनि ढिलासुस्ती हुने कुराले समस्यामा पारेको छ । त्यसैले त्यसको कार्यान्वयनमा जाँगर देखाउनुपर्यो । कोभिड प्रभावितहरुका लागि व्यवस्था गरिएका राहत प्याकेज कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ समेत भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com