बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने

आजकोकुरा : भदौ १,रुकुम। रुकुममा हाल निषेधाज्ञाको अवधि पुनः १० दिन थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले पुनः १० दिनसम्म निषेधाज्ञालाई थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए अनुसार अब भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने छ । यसअधि यही साउन २५ गतेदेखि ३२ गते सम्म जिल्लामा निषेधाज्ञा उनले रहेको बताए।

प्रजिअ बास्कोटाको भनाइ अनुसार कोरोना संक्रमणको जोखिम केही कम भए पनि पूर्णरुपमा नियन्त्रण नभएको र दैनिकजसो संक्रमितहरु भेटिरहेकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।

गत बैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ । सुरुमा कडाई गरिएको निषेधाज्ञामा अहिले केही खुकुलो बनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com