शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सुनको भाउ कति ?

आजकोकुरा : भदौ ४,काठमाडौ। एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । यस्तै गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बिहीबार ११ सय ८० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँ तोकिएको छ । यो साता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि देखियो । तोलामा कम्तीमा ११ सय ८५ देखि अधिकतम् १२ सय ५सम्ममा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com