शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

प्रेम अन्धो हुन्छ

आजकोकुरा : भदौ ५,एजेन्सी । प्रेम अन्धो हुन्छ । यो भनाईलाइ एक व्यक्तिले सावित गरेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमीले आफ्नी प्रेमिकाको परीक्षा दिन युवतीको भेष धारणा गरेर पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ ।

२२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गर्दै उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे र कसैले चिन्न नसकोस् भनेर उनी आफै युवती झैं तयार भएका थिए ।

खादिमले युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरनका साथै पूरा मेकअप गरेर ब्रासमेत लगाएका थिए । उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लाग्यो । अनुसन्धान गरिएपछि उनीको पर्दाफास भएको हो ।

३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरुद्ध धोकाको मुद्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com