शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

प्रगतिशील वरिष्ट गायक जेबी टुहुरेको अवस्था गम्भीर

आजकोकुरा : भदौ ६, काठमाडौं । प्रगतिशील वरिष्ट गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको छ।

उपचारमा संलग्न चिकित्सकले बताए अनुसार मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको छ। उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. सामर्थ सिंहल ‘टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन सकिरहेको छैन ‘भने ।टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनबहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ ।

गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा टुहुरे एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।उनको हाल भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगी टुहुरेको स्वास्थ्य स्थितिबारे बुझेका थिए । टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई प्रचण्डले आग्रह गर्ने बताएका थिए ।

यसैगरी, टुहुरेलाई अस्पतालमा भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् ।

२० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो,छोराहरु हो छोरीहरु हो। लगायतको बोलको गीत उनको बहुचर्चित गीत छ ।

टुहुरे सुनसरीको धरानमा जन्मिएका थिए भने दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।
उनको नाममा २०७५ सालमा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ भने सो फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका रहेकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com