शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो तस्बिर

आजकोकुरा : भदौ ७,एजेन्स।अमेरिकाले सन् १९६० को दशकको सुरुवातमा एपोलो मिसन सुरु गरेको थियो । यस मिसनको उद्देश्य चन्द्रमामा मान्छे पठाउनु थियो । तर, वैज्ञानिकहरूसँग त्यतिबेला चन्द्रमाको सतहको विस्तृत तस्बिर समेत थिएन । एपोलो मिसनका लागि चन्द्रमाको सतहको तस्बिर आवश्यक थियो जसको मूल्याङ्कन गरेर अन्तरिक्ष यानलाई ल्यान्डिङ कहाँ गर्ने भनेर तयारी गर्न सकियोस् ।

यस्तै नासाले १० अगस्त १९९६ मा अर्बिटर १ लञ्च गर्‍यो । यसमा एक मेन इन्जिन, ४ सोलार प्लेट र ६८ किलोको कोड्याक इमेजिङ सिस्टम फिट गरियो । यसका काम अलग–अलग एंगलबाट चन्द्रमाको सतहको तस्बिर खिच्नु थियो । चन्द्रमाको कक्षमा पुग्ने यो विश्वको पहिलो अन्तरिक्ष यान थियो ।

यसैगरी अन्तरिक्ष यानको लञ्च सफल भयो र १४ अगस्तमा यो चन्द्रमाको कक्षसम्म पुग्न सफल भयो । सन् १९६६ अगस्त २३ मा यसले पृथ्वीको पनि एउटा तस्बिर खिच्यो । चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको यो पहिलो तस्बिर थियो ।

  • अर्बिटर १ ले चन्द्रमाको कक्षबाट खिचेको पृथ्वीको पहिलो तस्बिर

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com