शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

प्रकिति जोगाऔं अभियनता पिके शेर्पाको बिहान यसरी बित्छ

आजकोकुरा : भदौ ७,काठमाडौं। प्रकिति जोगाऔं अभियनता पिके शेर्पा भदौ ६ गतेदेखि ४२ वर्ष पुरा गरेर ४३ वर्षमा लागेका छन्। आफ्नो जीवनको लगभग २५ वर्ष प्रकिति जोगाऔं अभियानमा खर्च गरिसकेका छन् र यसै अभियानमा उनि अझ निरन्तर छन्।
यसै अभियान अन्तर्गत केहि समय अघि मात्रै उनले आफ्नो बालक छोरा सोनाम शेर्पालाई लिएर विश्व सर्वोच्च शिखर ‘सगरमाथा ‘आरोहण गरिसकेका छन्। उनि बाबुछोराको अभियान अझ विश्व सातै महादेशको उच्च हिमाल चढ्नु हो र अबको दोस्रो यात्रा दक्षिण अमेरिका रहेको छ।


बाबुछोराले प्रकिति जोगाऔं शन्देश फैल्याउन अझ ‘पी एस फ़ाउण्डेशन ‘पनि खोलेका छन्। अरुले मुखले मात्रै गर्छन् हामि व्यवहारिक गर्छौं भन्दै उनीहरुले काठ्माण्डौको कपन ‘आकाशेधारामा ‘२२ रोपनी जग्गा भाडामा लिइ ‘अर्गानिक कृषि फारम ‘समेत शुरु गरेका छन् र त्यहि नै ‘पी एस फ़ाउण्डेशन ‘को कार्यालय पनि राखेका छन्।

अभियनता शेर्पाको स्थलगत रिपोर्टिङ्ग गर्न हामि आजकोकुरा डटकम परिवार त्यहाँ पुगेका थियौं। संयोगपनि कस्तो भन्दा उनको जन्मदिन पनि परेको रहेछ।
आजकोकुरा कै शिलशिलामा उनले आफ्नो बिहानको दैनिकी बताउदै ‘ व्यवाहारिक कार्य गर्न म सधै बिहान बिरुवा रोप्छ ,हामीले हाम्रो फ़ाउण्डेशन मार्फत ‘फ्री ट्री’अभियान पनि चलाएका छौं र जसमार्फत कसैलाई बिरुवा चाहिए सित्तैमा दिने अनि कसैले हामीलाई दिन चाहे सित्तैमा लिएर हामि रोप्छौँ ‘भने।
उनको दैनिक बिहानको गतिबिधि :

WRITE COMMENTS FOR THIS ARTICLE

2.3 3 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com