बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

वाइसिएल नयाँ नेतृत्वका लागि चार जना दाबेदार

आजकोकुरा : भदौ १०,काठमाडौं । माओवादी केन्द्रको भात्री युवा संगठन वाइसिएलले भर्चुअल विधिबाट राष्ट्रिय भेलाको आयोजना गर्ने बताइएको छ । यहि भदौ १२ र १३ गतेको भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।
भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिंदैछ।
वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएपछि अब उनी बाहेकले वाइसिएलको नेतृत्व गर्नेछन् ।

नयाँ नेतृत्वका लागि हालसम्म चार जना दाबेदार छन् । जसमा वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार रहेका हुन् । यी चारमध्ये चितवनका सुमन र रुकुम पूर्वका सुवोध बलियो दाबेदारको रुपमा रहेको बताइएको छ।

यस सन्दर्भमा वाइसिएलका अध्यक्ष दीपशिखाले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताएका छन् ।उनका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना मात्रै सहभागी हुनेछन् ।काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लागेको भने छैन।

यसको मुख्य होस्ट काठमाडौंमा हुनेछ भने हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट भेला उदघाटन अध्यक्ष प्रचण्डले गर्नेछन् ।

भेलाका लागि हलमा ठूलो एलइडी स्क्रिन राखिने छ । मेन होस्टिङमा एलइडी प्रयोग गरेर अन्त प्रोजेक्टर प्रयोग गर्ने छ ।सात प्रदेशमा सातवटा मेकानिजम तयार गर्नुपर्ने कारण खर्चिलो हुने बताइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com