शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले गिरावट

आजकोकुरा : भदौ १०,काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो । जसमा आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको थियो ।

महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको जनाएको छ । आज चाँदी प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com