शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सूप बनाउन टाउको काटिएको कोब्राको टोकाई बाट शेफको मृत्यु

आजकोकुरा : भदौ १०,एजेन्स। दक्षिण चीनको एउटा रेष्टुरेन्टमा टाउको काटिएको कोब्राको टोकाई बाट शेफको मृत्यु भएको छ। सर्पको सूप बनाउनको लागि शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए ।
जब सुप तयारी गर्न थाले, करिब २० मिनेटपछि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो । नियाल्दा सर्पको काटिएको टाउकोले उनलाई टोकेको थियो जसका कारण उनको मृत्यु नै भयो ।

दक्षिण चीनको ग्वांगडोंग प्रान्तको फोशान सिटीमा बस्ने शेफ पेंग फ्न इन्डोचाइजीज स्पिटिङ कोब्राको मासुबाट सूप तयार गरिरहेका थिए । चीनमा विषालु कोब्राको मासुले बनेको सूप अत्यधिक रुचायन्छ भने धेरैजसो रेष्टुरेन्टमा यस्तै सूप पाइन्छ ।

प्रहरी प्रवक्ताले यो घटनाबारे ‘यो एक निकै असामान्य घटना हो, यो एउटा दुर्घटना हो । शेफलाई बचाउनका लागि केही पनि गर्न सकिँदैनथ्यो, डाक्टरले मात्रै उनलाई सहयोग गर्न सक्थे ’ भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com