शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

श्रीलंकाले नेपाललाइ पर्यटन प्रवर्द्धनमा सघाउने

आजकोकुरा: भदौ १९,काठमाडौं। श्रीलंकाले नेपाललाइ पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि गर्न सघाउने छ । भएको हो ।
नेपाल उद्योग परिसंघ र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने बताउदै उनले नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।

अरुणतिलकाले नेपाली निर्यात कर्तालाई श्रीलंकामा सहज पहुँच र बजारका लागि आफूले पहल गर्ने भन्दै ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ’ भने । साथै ,उनले दुई देशबीच सिधा हवाई सेवा सुरु भएको र यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख समेत गरे ।

यसैगरी,छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानी कर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको बताए ।

उनले ‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो सम्भावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ’ भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com