शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सरकारद्वारा यदि सहयोग भए नेपाल औषधीमा आत्मनिर्भर बन्ने

आजकोकुरा: भदौ १९,काठमाडौं। औषधी उद्योगीहरुले सरकारद्वारा यदि सहयोग पाए नेपाल औषधीमा आत्मनिर्भर बन्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटघाट कार्यक्रममा औषधि उत्पादक संघका उद्योगीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नेक्रममा महासंघ र उत्पादक संघबीच भएको सो छलफल कार्यक्रममा सरकारको सहयोग यदि पाइएमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने उद्योगीहरुले बताएका हुन् ।

केही वर्ष अघिसम्म मात्रै करिव १० प्रतिशत स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिव ५० प्रतिशत पुुगेको छ भने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सकेमा छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने उनीहरुको दावी रहेको छ । अब यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्ने हुन्छ। औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको संघको आँकलन छ ।

एक तथ्याँकअनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको रहेको र त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ । बाँकी औषधि भारत लगायतका मुलुकहरूबाट आयात हुदै आएको छ ।यसको केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात गर्ने गरेकाछन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाईका साथ् मुलुकको आर्थिक भविष्य उज्वल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको भिजन २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गर्दै ‘मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रसँग जोडिएको उद्योग धन्दालाई प्रवद्र्धन गर्ने कार्यमा महासंघले सधै नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्छ । यस क्षेत्रमा भएका समस्या समाधान गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ’ भने ।

यस्तै,औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्दैन भन्ने सर्वसाधारणको धारणा अहिले परिवर्तन भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com