बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

मेरो समाजसेवी अनुभव र सम्पुर्णको आशा-प्रार्थनाको खातिर मेरो एनआरएनएमा उम्मेदवार: जुनु गुरुङ

आजकोकुरा: भदौ १९,काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सन् २०२१–२०२३ दुइ वर्षे कार्यकालको लागि उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए आइसीसीको केन्द्रिय महाधिवेशन अक्टोवरमा हुदैछ।

गुरुङले गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि अति नै सक्रिय भूमिका खेल्दै आएकी छिन। उनले दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी समेत वहन गरी सकेकी छिन्।

कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा नै स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत रहेकी एक अनुभवी व्यक्ति छिन् ।
कोरियाको नेपाली समुदायमा उनि निकै नै चर्चित छिन्। यसै कारण पनि कोरियन सरकारले उनको उच्च मूल्यांकन गरी मानार्थ नागरिकताबाट सम्मान गरिसकेको छ।
कोरियामा सन् २०१० देखि २०१४ बीच एक मात्र महिलाहरुको साझा संस्थाको रुपमा रहेको वेमन फर वेमन (महिलाको लागि महिला) को संस्थापक अध्यक्षमा रहँदा गुरुङले त्यहाँ समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार ,अन्य सहयोग कार्य समेत गरेकी थिइन् ।

नेपालबाट विशेष गरी म्यारिज ब्यूरो गरी कोरिया जाने महिलाहरुले कोरिया पुगेपछि धेरै नै समस्या झेल्नुपर्ने अवस्थामा रहन्छ ,त्यस्ता महिलाहरुको उद्दारदेखि लिएर उनीहरुको अन्य समस्या समाधान गर्न रातदिन केहि नभनी खटिएर पिडितहरुको समस्याको समाधान गर्न अग्रणी भूमिका निर्वाह गरिसकेकी हुनाले जुनुले आफ्नो बेग्लै समाजसेवीको परिचय बनाइसकेकी छिन्।

उनले कोरियामा दुख-समस्या परेका झण्डै हजारभन्दा बढी नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै निःशुल्क सेल्टरको व्यवस्था गरी उनीहरुलाई त्यही राख्ने व्यवस्थापन समेत गर्दै आइरहेकी छिन् ।
बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको कम्तिमा एक पटक निःशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने कार्य पनि गुरुङबाटै सुरु भएको थियो ।
कोरियामा दुःख समस्या परेर बसिरहेका नेपालीहरुको लागि भगवान नै सावित हुँदै आएकी गुरुङले कोरियन भाषा नजान्ने नेपालीहरुलाई निःशुल्क रुपमा कोरियन भाषा सिकाउने कक्षाको व्यवस्थासमेत गर्दिएकि छिन।

त्यस्तै,जुनुले आफ्नो मातृभूमि कला, सस्कृति पहिचानलाई सम्झंदै नेपाली चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालमा मनाईने हेरक चाडपर्वहरु नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई भेला गरी नेपाली संस्कृति झल्कने कार्यक्रम आयोजना गर्ने अनि नेपालमै बसेर चाडपर्व मनाएको अनुभूति दिलाउँने जस्ता अन्य अन्य कार्यक्रम समेत गर्दै आइरहेकी छिन् ।

साथै,उनले कोरियामा रोजगारको सिलसिलामा पुगेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई मनोरञ्जन दिने उद्देश्यले खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि बेला-बेलामा गर्दै आइरहेकी छिन् ।
जुनुले समाजसेवी भावना राखी समाजसेवा गर्दै आइरहेको देखेर कोरियन सरकारले विदेशमा रहेका महिलाहरुमध्ये उनलाई पहिलो महिलाको रुपमा उच्च मनार्थ सिटिजन सिपबाट सम्मानित समेत गरिसकेको छ।
‘सेवा नै धर्म हो,तन पवित्र कर्म गरे ‘ भन्ने भनाइलाई आत्मसाथ् गर्दै अगाडि बढिरहेकी गुरुङले विदेशमा रहेका दिदी बहिनी तथा दाजुभाईलाई मात्र होइनकि स्वदेश नेपालमा भएको दैविक विपत्तिदेखि लिएर नेपाली जनतामा आइपरेको समस्यामा समेत सहयोगी हात बढाउदै आइरहेकी छिन् ।


उनले २०७२ सालको नेपालमा आएको विनासकारी महा—भूकम्पको बेला नेपालीहरुलाई परेको समस्या आफ्नो समस्या सम्झंदै कोरियामा नै रहेर करोडौं रुपैयाँ बराबरको राहत उपलब्ध गराएकी थिइन् । गुरुङले कोरियाबाटै विभिन्न संघसंस्था, एनआरएनएलगायतको सहकार्यमा नेपालीहरुलाई परेको आपतविपत्तमा करोडौं रुपैयाँ सहयोग गरेकी थिइन् ।

जुनु गुरूङले अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुँदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्दे आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेइसकेकि छिन् ।
यिनै अवर्णनीय, अतुलनिय समाजसेवी कार्यको अनुभव र भोलिको आउने समस्याको हलको लागि सम्पूर्णले जुनु गुरुङ एनआरएनए आईसीसीको महिला संयोजकमा आइदिए हुन्थ्यो भन्ने सम्पुर्णको आशा र अनुरोध भएकोले नै अक्टोबरमा हुने एनआरएनए आईसीसीको महिला संयोजकमा उम्मेद्वारी दिने तयारीमा रहेको उनि बताउछिन् ।
महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एक्टिभ गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको बिषयलाई लिएर उम्मेदवारी दिने भएकी हुन् ।
यससन्दर्भमा आजकोकुरा डटकमसंग कुराकानी गर्दै उनले ‘मैले उम्मेदवारी दिने तयारी भएको थाहा पाएपछि विदेशमा रहेका सम्पूर्ण नेपाली प्रवासी दाजुभाई तथा दिदी बहिनीहरु मलाई जिताउने अभियानमा उत्सुकताका साथ लाग्नेछ ‘ भनिन्।साथै, उनले ‘ मेरो समाजसेवी अनुभव र सम्पुर्णको आशा-प्रार्थनाले मेरो जित निश्चित हो ‘समेत भनिन्।

अब एनआरएनमा महिला सांगठनिक सुदृढीकरण, एनआरएनमा महिला समावेशी, एनआरएनमा महिला नेतृत्व बिकास, एनआरएनमा महिला सशक्तिकरण र एनआरएनमा महिला उद्यमशिलता लगायत ५ मुख्य एजेन्डा र अहिले मुख्य आवश्यकता रहेको समेत उनको भनाई छ । गुरुङले कुल आचार्यको प्यानलबाट उम्मेदवारी दिने भएकी छिन् ।

गुरुङको कोरियामा रही रेष्टुरेन्ट क्षेत्र, मार्ट, नेपालमा विभिन्न व्यवसायहरु संचालन गर्दै आइरहनुका साथै जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमासमेत लगानी रहेको छ ।

यस्ता छन् जुनु गुरुङको प्रतिबद्धता:
१) महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एवम् एनआरएनए आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने ।
२) मजदुर मैत्री एनआरएनए बनाउन पहल गर्ने ।
३) एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्याहरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने ।
४) विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरमले ल्याएको एजेन्डाहरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने ।
५) एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने।
६)बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एवम् स्वास्थ्य नै धन हो भन्ने कुरालाई सिरोपर गरी कठमाडौंको प्रदुषणलाई केहि हदसम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
७) एसिया तथा मिडलइष्टमा महिला समस्या बढि छ त्यसलाई समाधान गर्ने पहल गर्ने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com