बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

संसद बैठक आज बस्ने , सम्भावित ३२ बुँदे कार्यसूची यस्तो छ

आजकोकुरा: भदौ २३, काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बुधबार अपरान्ह ४ बजे बस्दैछ । आज बुधबार बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आजको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने साथै गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

बैठकका लागि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिए अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन् ।

यसैगरी, गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची पनि रहेको छ ।

त्यस्तै,यता कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश पेस गर्ने कार्य सूची छ भने अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने कार्यसूची छ ।

आजको सम्भावित ३२ बुँदे कार्यसूची :

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com