शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

एमसीसी उपाध्यक्ष फतिमा सुमार आइन्

आजकोकुरा:भदौ २४ , काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार बिहिबार कतार हुँदै काठमाडौं आइपुगेकी छन् ।उनि नेपालको चारदिने भ्रमणका लागि आएकी हुन्।

स्रोतले जनाए अनुसार नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएकी हुन्।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकिरहेको छैन ।
चौतफी बिरोध भैरहेको बेला नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस चलिरहेको यो समयमा उपाध्यक्ष सुमारको यो भ्रमण चासोको रुपमा रहेको छ ।

उपाध्यक्ष सुमारले चारदिने नेपाल बसाइँको क्रममा एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्थालाइ कडा पार्दै बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

यस एमसीसी सम्बन्धमा हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विषयमा एमसीसीले जवाफ पठाउदै एमसीसीले अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग यसको सम्बन्ध नभएको जानकारी गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com