शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

एमसीसी उपाध्यक्ष फातिमा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भेट

आजकोकुरा: भदौ २५ , काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छिन् । केहीबेर अघि मात्रै उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।

प्रचण्डसँग पनि भेटेर उपाध्यक्ष सुमारले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्ने अनि प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बताइएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनबारे बुझ्न कै लागि भनेर एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएकी छिन् । काठमाडौं आएकै दिन मै सक्रियरुपमा एमसीसी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटि सकेको छ ।

आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com