शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

नेपाली सेनाको विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो

आजकोकुरा:भदौ ३१, काठमाडौं । नेपाली सेनाको विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ । जसअन्तर्गत प्राविधिकतर्फ २४ पदका लागि ४६४ जनाको भर्नाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।

यसको भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१ गतेसम्म दरखास्त गर्न सकिने साथै दोब्बर दस्तुर तिरेर थप ७ दिन ( असोज ७ )सम्म दरखास्त फाराम भर्न सकिने पनि जंगी अड्डाले जनाएको छ ।

यसको दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ भने फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश समेत त्यहीँबाट नै गर्नुपर्नेछ । साथै छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुने पनि जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com