शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

मोतिपुरमा लगाइएको कर्फ्‍यू आज मंगलवार राति १२ बजे देखि हट्ने

आजकोकुरा:असोज २६,रुपन्देही। बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज मंगलवार राति १२ बजे देखि हट्ने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा मंगलबार जारि गरिएको सूचनामा असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने उल्लेख गरिएको छ।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा मोतिपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्बासी र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु भएको र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू जारि गरिएको थियो ।

कर्फ्‍यू लगाइएको तेस्रो दिनमा भने त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । मंगलवार राति १२ बजेदेखि कर्फ्‍यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको पनि सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासनको सूचना अनुसार पूर्वतर्फ तिनाउ नदी ( बुटवल– १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ( बुटवल–१७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) को क्षेत्रलाई चार किल्ला मान्दै निषेधाज्ञा लगाइएको उल्लेख छ ।

सो झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारलाई सिफारीस समेत गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेद्वारा जारि गरिएको विज्ञप्तीमा नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख रुपैया र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख रुपैया प्रदान गर्न सिफारिस भएको छ ।

साथै ,सबै घाईतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com