शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

राष्ट्रपति भण्डारीद्वारा हिन्दुहरुको पर्व फूलपाती बढाइँको अवलोकन

आजकोकुरा:असोज २६,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार हिन्दुहरुको पर्व दशैं अगाडि आउने फूलपाती बढाइँको अवलोकन गरेकी छिन् । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुँदै उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् ।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्प खसालिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएको थियो । त्यस अवसरमा सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

यसैगरी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com