शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सुनको मूल्य यो वर्षकै उच्च

आजकोकुरा:कात्तिक ३०,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा उक्लेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।यो मूल्य गत वर्ष पुसयताकै सबैभन्दा उच्च हो ।

सोमबारको कारोबार मूल्यभन्दा प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले महँगो भएको पनि महासंघले जनाएको छ ।

महासंघले जनाए अनुसार मंगलबार तेजावी सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ भने मंगलबार चाँदीको प्रतितोला मूल्य १,२९० रुपैयाँ पुगेको छ । । सोमबार तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com