शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सेभ द नेशन नेपालले सक्रियता बढायो,कुन विभागमा को ?

आजकोकुरा:कात्तिक ३०,काठमाडौं ।कासी प्रसाद गुरुङ केन्द्रिय संयोजक रहेको ‘सेभ द नेशन नेपाल’ संगठनले सक्रियता बढाएको छ।
संगठन बिस्तारको क्रममा रहेको यस संगठनले गण्डकी प्रदेश अन्तर्गत कास्की पोखरामा पनि संगठन बिस्तार गरेको छ।
संयोजक गुरुंगले आजकोकुरालाइ बताए अनुसार अब मुलुकको सातै प्रदेशमा चाडै पुर्ण रुपमा संगठन बिस्तार गरिनेछ । त्यसै अनुसार १४ वटा विभागमा संयोजक तोकेर उनीहरुलाई छिटो तिब्ररुपमा संगठन बिस्तार गर्न निर्देशन समेत दिइसकिएको  उनले बताए।

यस संगठन विभाग प्रमुखहरुमा अर्थ विभागमा कासी प्रसाद गुरुङ आफै रहेका छन् भने वार्ता संयोजक बिरेन्द्र दाहाल ,दिपक भट्टराइ,महिला तथा बलाबालिका संयोजक दिपा अधिकारि गौतम,खेलकुद विभागमा दिल बहादुर नकडौलि ,श्रम तथा रोजगारमा केस बहादुर गुरुङ ,दुर्गा नन्द झा,स्वास्थ्यमा सुनिल बत्स्याल,लोक बहादुर टन्डन,संगठन विभागमा कृष्ण बहादुर क्षेत्री,प्रचार प्रसारमा यम राज लामा,युवा तथा स्वयमसेवकमा गोपाल पुन मगर,कृषिमा रोमलाल गिरि,मनोज पुन,विधार्थीमा भिम भण्डारी,यातायात मजदुरमा सुनिल पाण्डे,उधोगमा जितेन्द्र कर्ण ,वुद्दिजिवीमा बाबुराम देवकोटा,सल्लाहकार कुटनीतिमा युग प्रसाद धमला,सल्लाहकार राजनीति विश्वनाथ गौतम र विदेश विभागमा बिक्रम बहादुर बम मल्ल रहेका छन्।

देश बचाउन नयाँ बैकल्पिक शक्तिको रुपमा उदय गरिएको भनिएर्को यस ‘सेभ द नेशन नेपाल’ले हालको कार्य योजना अन्तर्गत भ्रष्टाचार निर्मुल पार्न व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिकाका सवै तहका राजनीतिक ब्युरोक्रेसी र न्यायाधिशहरुलाई खबरदारी गर्ने,राज्यका युवाहरुलाई बेरोजगार हुन नदिन उद्धमशिलताको शिप सिकाइ व्यवसायमा संलग्न गरि आर्थिक आत्मनिर्भर बनाउने ,जल,जमिन,जनावर,जडिबुटि,जंगल र जवानलाई परिचालित गरि जनताबाट ,जनताद्वारा,जनतालाई नै अवधारणा लागु गर्ने लगायत रहेको छ।

सेभ द नेशन नेपालले चियापानसंगै घोषणा गर्यो ४२ केन्द्रिय ससदस्यहरु

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com