शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारद्वारा प्रस्ताव

आजकोकुरा:कात्तिक ३०, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारद्वारा प्रस्ताव आएको छ ।

भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी अझ गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ । हाल हरेक दिन काठमाडौं–दिल्ली रुटमा दुई वटा मात्रै उडान भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी गराए अनुसार अहिले नेपाल एयरलाइन्सले दैनिक एक र एयर इण्डियाले दैनिक एक गरी दैनिक दुई उडान भइरहेको छ । जसअन्तर्गत सातामा मात्र १४ उडान हुन्छ । यसमा नेपाली कम्पनीले दैनिक चार र भारतीय कम्पनीले दैनिक चार गरी ८ उडानको प्रस्ताव राखेको छ ।

उडान अहिले काठमाडा/नयाँ दिल्ली रुटमा मात्र सीमित छ भने नेपालले अब भने मुम्बई र बैंग्लोर समेत उडान विस्तारका प्रस्ताव गर्ने भएको छ । यी रुटमा विगतमा नेपाल एयरलाइन्सले मात्रै उडान गरिरहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com