शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

अब विश्वकै धनी मुलुक पाण्डाको देश चीन

आजकोकुरा: मंसिर १, एजेन्सी। पाण्डाको देश भनेर चिनिने चीन अब विश्वकै धनी मुलुक बनेको छ ।
महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी मुलुक बनेको हो ।

पछिल्लो दुई दशकमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ भने अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको छैन ।

कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टका अनुसार पछिल्लो २० वर्षयता विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भैरहेको छ ।
विश्वमा ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त तयार रिपोर्ट पारिएको बताइएको छ । यो दुई दशकको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनको मात्रै एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा रहेको छ । अब यसरी हेर्दा मात्रै पनि सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणाले वृद्धि भएको देखिन्छ ।

उक्त रिपोर्टका अनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो भने २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । यस अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको छ ।

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा सो बेला चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । तर,सन् २०२० मा चीनको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसरि २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको देखिन्छ ।

रिपोर्टमा उल्लेख भए अनुसार पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । सन् २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान छ । सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि हुन नसक्दा अमेरिकाले पहिलो स्थान गुमाउन पुगेको छ भने चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको छ ।

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र बोकेको मुलुक चीन र अमेरिका हुन् । ब्लुमबर्गले म्याकिन्से एण्ड कम्पनीको रिपोर्ट उदृत गर्दै लेखे अनुसार यी दुवै मुलुकको दुई-तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको छ ।

विश्वकै ६८ प्रतिशत सम्पत्ति रियल स्टेटमा लगानी गरिएको छ भने बाँकी सम्पत्ति पूर्वाधार, मेशिनरी, उपकरण, वौद्धिक सम्पत्ति र पेटेन्टमा रहेको समाचारमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com