शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

देशभक्ति फिल्म ‘काँडेतार’ को सुटिङ सुटुक्क विराटनगरबाट

आजकोकुरा: मंसिर २,काठमाडौं । देशभक्ति फिल्म ‘काँडेतार’ को सुटिङ विराटनगरबाट सुरु भएको छ । राष्ट्रवादी ,स्वाभिमानी अनि माटोमा समर्पित फिल्म बनाउने छबि कमाएका निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुरु गरेका हुन् । उनले पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले गुपचुप रुपमा फिल्मको छायाङ्कन गरिरहेको बताइएको छ ।

निर्देशक खड्काले संचारकर्मीसंग कुरा गर्दै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको कारण यो फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट पनि अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको बताए ।

‘काँडेतार’ मा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतको मुख्य भूमिका रहनेछ ।

सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म अभिनयका लागि बहुचर्चित कलाकार मुरलीधर पनि अहिले मुम्बईबाट नेपाल आइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com