शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

आफ्नो जीवनको रोल मोडल मेरो पिता हो :सुनिल शेट्टी

आजकोकुरा: मंसिर ४, काठमाडौं । ‘इन्डियाज बेस्ट डान्सर–सिजन टु ’ को मञ्चमा पुगेका अभिनेता सुनिल शेट्टीले आफ्ना पिताबारे कुरा गर्दै आफ्नो जीवनको रोल मोडल भएको बताए ।
‘इन्डियाज बेस्ट डान्सर–सीजन टु’ को सेटमा गेस्ट बनेर पुगेका सुनिल शेट्टीलाई कसैले ‘तपाईंको हिरो को हो ? ’ भनेर सोधेको खण्डमा उनले सधैं आफ्नो पिताको नाम लिने गरेको बताए ।

उनले आफ्ना पिता एक सफाइकर्मी थिए तर उनलाई आफ्नो काममा कहिल्यै लज्जाबोध नभएको बताउदै भावुकसमेत भए ।
सुनिल शेट्टीले ‘मेरा पिताले मलाई  जे काम गर्छौ त्यसलाई मनैदेखि गर र त्यसमा गर्व महसुस गर, भनेर सिकाउनुभयो ’ भने।

हालै ‘इन्डियाज बेस्ट डान्सर–सिजन टु ’ को मञ्चमा अभिनेता सुनिल शेट्टी र करिश्मा कपुर पुगेका थिए भने यी जोडीले कार्यक्रममा निकै रमाइलो गरे र जीवनको संघर्षबारे खुलेर कुराकानी पनि गरे ।

यसैगरी,सुनिल शेट्टीको कुरा सुनेपछि करिश्मा कपुरले पनि उनीसँग आफ्नो कुरा सेयर गर्दै सुनिल शेट्टीसँग काम गर्दा उनका पितालाई भेट्ने मौका पाएको बताउदै ‘उहाँ धेरैजसो सुटमा आउनुहुन्थ्यो र निकै गर्व गर्दै आफ्नो छोराको काम हेर्नुहुन्थ्यो ’भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com