शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

‘बन्टी और बब्ली २’को व्यापार खराब

आजकोकुरा: मंसिर ६, एजेन्सी । बलिउड चलचित्र ‘बन्टी और बब्ली २’को व्यापार सुस्ताएको छ । ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस यो चलचित्रले निराश बनाएको छ।

यशराज ब्यानरद्वारा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने आशा गरिएको थियो। चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापार पनि खराब भएको छ ।

यस चलचित्रको पहिलो हाफ जसोतसो अगाडि बढेपनि दोस्रो हाफ भने निक्कै कमजोर भएको समीक्षक र दर्शकबाट नै फितलो रहेको भनेर समीक्षा आएको छ। जसकाकारण पनि रानी मुखर्जी, सैफअली खान लगायतका कलाकारको अभिनय रहेको चलचित्रले शुक्रबार २.६० करोड भारुको मात्रै व्यापार गर्न सक्यो भने शनिबार चलचित्रले २.५० करोडको कमाइ गरेको छ । अझ आइतबारको व्यापार सार्वजनिक नभएपछि चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल हुने देखिएको छ ।

यसको पहिलो सिरिजले भने दर्शकको उत्साहजनक साथ पाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com