शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

मुख्यसचिव, आमन्त्रित केन्द्रीय सदस्य र नेविसंघका पूर्वमहामन्त्री महाधिवेशन प्रतिनिधिमा हारे

आजकोकुरा: मंसिर ७, काठमाडौं । नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा हारेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उनि पराजित भएका हुन् ।

पौडेलले ८३ मत ल्याएका छन् भने त्यस्तै, सो क्षेत्रबाट नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि हारेका छन् । उनले जम्मा ३६ मत मात्र ल्याएका छन् ।

यसैगरी,काठमाडौं क्षेत्र नम्बर ७ बाटै आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि गज्जबले हारेका छन् । उनले ६० मत मात्रै ल्याएका छन् । उनी अखण्ड नेपालबाट काँग्रेस प्रवेश गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com