शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

प्राय: हावा कथामा आफुलाई प्रस्तुत गर्ने सलमानको ‘अन्तिम’ फिल्मले दर्शकको साथ् पाउला ?

आजकोकुरा: मंसिर ७, काठमाडौं । बलिउडमा सलमान खानलाई चर्चित तर अभिनयमा कमजोर हिरोको रुपमा मानिन्छ। उनलाई प्राय हावा कथामा उतारिन्छ। तर, संयोग भनौ उनको फिल्म फ्लप भने फेरी कमै छ।

ठिक यसरि नै महेश भी मन्जेरकरको निर्देशनमा बनेको सलमानको फिल्म ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । चलचित्रमा सलमान खानको लगानी छ । चलचित्रमा सलमान खान र आयुष शर्माको मुख्य भूमिका छ ।

‘ए एट फिल्मस्’ले यस चलचित्रलाई १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो ।यो ‘अन्तिम’ फिल्म शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ ।

वितरक कम्पनीले जानकारी दिए अनुसार चलचित्र नेपालका १२५ वटा हलमा लाग्नेछ । यो ‘ए एट फिल्मस्’ गोपीकृष्ण मुभिजको सिस्टर्स कम्पनी हो । जसका अध्यक्ष निरक पौडेल रहेका छन् ।

चलचित्रमा सलमान खान प्रहरीको भूमिकामा देखिएका छन् । सलमान र आयुषबीचको एक्सन पनि दर्शकका लागि प्रतीक्षित बनेको छ ।
प्राय: हावा कथामा आफुलाई प्रस्तुत गर्ने हिरो सलमानको यो चलचित्रले दर्शकलाई हलसम्म कत्तिको तान्छ हेर्न बाकि छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com