शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

शाहिद कपुरको नयाँ चलचित्र ‘जर्सी’को ट्रेलर आयो

आजकोकुरा: मंसिर ७, काठमाडौं। बलिउड अभिनेता शाहिद कपुरको नयाँ चलचित्र ‘जर्सी’को ट्रेलर आज मंगलवार सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा एक क्रिकेट खेलाडीले गरेको संघर्षलाई देखाइएको छ ।

यस ‘जर्सी’ फिल्ममा शाहिद एक क्रिकेटरको भूमिकामा देखिएका छन् भने यस्तै मृणाल ठाकुर उनकी श्रीमतीको भूमिकामा छिन्। साथै, पंकज कपूर पनि यो चलचित्रमा मुख्य भूमिका छन् ।

गौतम तिन्नुरीको निर्देशनमा बनेको यो चलचित्र कोेरोना महामारीका कारण दुई वर्षपछि मात्रै सिनेमा हलमा प्रदर्शन हुन लागेको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यो चलचित्र ३१ डिसेम्बरमा रिलिज हुनेछ।

यो ‘जर्सी’ फिल्म सुपरहिट तेलुगु चलचित्रको हिन्दी रिमेक हो ।शाहिदको ‘कबीर सिंह’पछि यो बहुप्रतीक्षित चलचित्र मानिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com