शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सर्वोच्चको समस्यामा न्यायालयले निकास नदिए ,छिट्टै आवश्यक निर्णय लिन्छौं : प्रचण्ड

आजकोकुरा:मंसिर ८, धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा देखिएको समस्यालाइ न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । यसैकारण नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको पनि उनले जनाए ।

धनगढी विमानस्थलमा आज बुधबार प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बोल्नेक्रममा न्यायालयले निकास दिन नसकेमा मात्रै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने जनाए ।उनले ‘न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो, न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ’भने। धनगढी आइपुगेका प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न पूर्वी कैलाली प्रस्थान गरेका छन् ।

सर्वोच्चमा देखिएको समस्याका विषयमा प्रचण्डले अहिलेसम्म गठबन्धनभित्र छलफल नभएको दाबी गरे ।

तर, फेरी यस सम्बन्धमा हालै सुदूरपश्चिम पुगेर फर्किएका सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चाहि गठबन्धनको बैठक बसेर अदालतको समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय भैसकेको बताएका थिए ।

त्यसैगरी,एमसीसीको सन्दर्भमा पनि बोल्दै प्रचण्डले जनतालाई बुझाएर मात्र पारित गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । उनले सत्ता गठबन्धनबारे केही मानिसले आफ्नो स्वार्थ अनुकूल बोलिरहेको छ ,त्यसमा कुनै सत्यता नरहेको दाबी समेत गरे ।

साथै,प्रचण्डले अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे ।उनले हाल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार पनि परिवर्तन नहुने पनि बताए ।

उनी धनगढी रहँदा विभिन्न ठाउँमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com