शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

कोरियोग्राफर रेनशा राई अब सक्रिय रुपमा राजनीतिमा लाग्ने

आजकोकुरा: मंसिर ८, काठमाडौं । चर्चित कोरियोग्राफर रेनशा राई अब सक्रिय रुपमा राजनीतिमा लाग्ने देखिएको छन् ।

उनले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् ।

सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको रेनशाले बताउदै ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु । फेरि, राजनीतिको अवस्था फेर्नका लागि युवापुस्ता यहाँ नआई पनि हुँदैन । यसैले म राजनीतिमा सक्रिय हुन लागेकी हुँ ‘ भनिन् ।

कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार राइकी छोरी रहेकी रेनशाले गाउँ र जिल्लामा आफूले योगदान गर्ने सोचका साथ राजनीतिमा लाग्ने तयारी गरेको बताइन् ।

चलचित्रको करिअर पनि सुखद् ढंगले नै अगाडि बढाइरहेकी उनको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com