शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

देशभर थप ३३२ जनामा कोरोना भाइरस , ४ जनाको मृत्यु

आजकोकुरा: मंसिर ८ , काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २३२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । यस्तै हालसम्म नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ। नेपालमा ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com