शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

भिटेन ‘रत्नपार्क ‘बाट हिरो

आजकोकुरा: मंसिर ८ , काठमाडौं। चर्चित र्यापर भिटेन (समीर घिसिङ) गायकबाट अब नायक बन्ने पक्का भएको छ।

भिटेनले अभिनय गर्न लागेको चलचित्रको नाम ‘रत्नपार्क’ रहेको छ । यस चलचित्रको निर्माता नवराज गिरीले बताए अनुसार छायांकन शुरु गर्ने तयारी लागेका छन् । बुढासुब्बा ओरिजिनलले निर्माण गर्ने यो चलचित्रको कथा पनि गिरि कै हो ।

एक जना मानिसले बाँच्नका लागि कतिसम्म संघर्ष गर्छ भन्ने कथालाई यो चलचित्रमा समेटिने छ ।

तर,यो चलचित्रका लागि नवराजले तीन जना निर्देशक फेरिसकेका छन् भने लिखित सम्झौता नभएसम्म बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक नगर्ने गिरीले बताए । चलचित्र ‘रत्नपार्क’को वर्कसप पुसबाट शुरु हुनेछ ।

यो ‘रत्नपार्क’को कथा पढेर चलचित्रमा काम गर्न उत्सुक भएका भिटेनले यसकालागि आफूले कडा मिहिनेत गर्ने पनि बताए। यो चलचित्रलाई आगामी दशैंको फूलपातीमा रिलिज गर्ने गिरीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com