शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

सर्वोच्चमा आज बिहिबार फुलकोर्ट बैठक बस्दै

आजकोकुरा: मंसिर ९, काठमाडौं। सर्वोच्च अदालतमा आज बिहिबार फुलकोर्ट बैठक बस्दै छ ।

गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णयको लागि फुलकोर्ट बैठक बस्न लागेको हो । यो बैठकले सम्भवत आउने बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।

यो भन्दा अघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए भने गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो ।

प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको,न्यायालयको गरिमा कायम राख्न नसकेको अनि कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको लगायतका आरोप लागेको छ ।

प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध खह्रो उत्रिएका थिए । अब गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व चाही नस्वीकार्ने बताइरहेका छन् ।

साथै, आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनले जबराको राजीनामालाई बटमलाइन बनाएर विरोधका कार्यक्रम जारी राखेको छ ।
नेपाल बारले बुधबार सबै १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन र सभा गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com