शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

एमाले अध्यक्ष ओली आज बिहीबार चितवन आउदै

आजकोकुरा: मंसिर ९, काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहीबार चितवन आउने भएका छन् ।

एमालेको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदै गर्दा त्यसको ठिक एक दिनअघि ओली चितवन आउन लागेका हुन् ।

आज बिहिबार ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए ।

साथै,उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसैगरी, एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ ।

एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गरिनेछ भने बन्दसत्र सौराहामा चाहि सञ्चालन गरिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com