शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घण्टामा नै राजीनामा दिइन्

आजकोकुरा: मंसिर ९, एजेन्सी । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टामा नै राजीनामा दिएकी छिन् ।

सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । थोरै केही घन्टाका लागि मात्रै भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।

राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले ‘गठबन्धनमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ ’ भनिन् । आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास उनले व्यक्त समेत गरिन् । ५४ वर्षीया एन्डरसन यसअघि भने अर्थमन्त्री थिइन् ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार मात्रै प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । यसरि उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए ।

त्यहाँ संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । तर,बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com