बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्छ : माधव नेपाल

आजकोकुरा: मंसिर १३,काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै काफी रहेको बताएका छन् ।

प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रममा यस्तो प्रतिक्रिया दिदै नेपालले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरूको अपमान भइरहेको प्रष्टै देखिएको बताए। उनले नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको समेत बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न नसक्ने दाबी समेत गरे ।

उनले ‘जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ’ भने।

साथै,अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु शोभनीय नभएको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com