बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

वेब सिरिज ‘फेक’को छायांकन गर्न विजय र केके मेनन नेपाल आउँदै

आजकोकुरा: मंसिर १६,काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकन गर्न भारतका दुई चर्चित कलाकार नेपाल आउंदै छन् ।

जसअन्तर्गत राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि भनेर कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् ।

यस वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका रहेको बताइएको छ भने शाहिद चाहि नेपाल आउने छैनन् ।
नेपालमा उनको दृश्य नभएका कारण उनी नआउने भएका हुन् ।

छायांकनका लागि प्राविधिक टोली नेपाल आइसकेको छ भने कलाकार केके मेनन भोलि शुक्रबार नेपाल आउंदैछन्। तर, नायक विजय सेतुपति भने शनिबार मात्रै नेपाल आइपुग्ने छन्।
नेपालको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए अनुसार यो सिरिजको छायांकन वसन्तपुर र त्रिभुवन विमानस्थलमा हुने भएको छ ।

नेपालमा चार दिन सिरिजको छायांकन गर्दा करिब २ करोड रुपैयाँ खर्च हुने पनि सुरजले बताएको छ ।
यसअघि पनि चलचित्र ‘उचाइ’को छायांकनको जिम्मा पनि थ्री ह्विलर्स प्रालिले नै लिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com