बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

प्रदेश १ मा संस्थापन पक्ष र संस्थापन इतर पक्षद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

आजकोकुरा: मंसिर १७ ,विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले आ आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

शनिबार हुने निर्वाचनका लागि शुक्रबार सभापतिमा संस्थापन समूहबाट गुरु घिमिरे र संस्थापन इतर समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् ।संस्थापन पक्षलाई भने नेता कृष्णप्रसाद सिटौलाले समेत सहयोग गरेका छन् ।

निर्वाचन समितिले जनाए अनुसार २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् भने २ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

यसैगरी,३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् ।

प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com