बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

हेर्दा देर्दै नायिका करिश्माले कक्षा १२ पास गरिन्

आजकोकुरा: मंसिर १७ ,काठमाडौं । समयको सहि सदुपयोग गर्न सके के हुदैन? उदाहरणिय रुपमा समयको सदुपयोग गर्दै हेर्दा देर्दै नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा पनि उत्तीर्ण गरेकी छिन् ।

आज शुक्रबार भएको नतिजाअनुसार उनले २.४१ जिपिए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी हुन् । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।

ललितपुर गोदावरीस्थित किटिनी माविबाट नायिका मानन्धरले कक्षा १२ को परीक्षा दिएकी थिइन् । यसरि कक्षा १२ को नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै उनले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया जनाएकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com