बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

नेपाली काँग्रेस कर्णाली र गण्डकीमा मतदान सम्पन्न भयो

आजकोकुरा: मंसिर १८,कर्णाली। नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान शनिबार साँझ सम्पन्न भएको छ । यसरि सम्पन्न मतदानअनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ ।

दिउँसो २ बजेपछि नेतृत्व चयनका लागि मतदान भएको थियो भने अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुनेछ ।

नयाँ नेतृत्व चयनका लागि कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् ।जसअन्तर्गत पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही र विमलेन्द्र निधि पक्षबाट मोतिराज बमले उम्मेदवारी दिएका छन्।

यसैगरी,गण्डकी प्रदेशमा काँग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । गण्डकी प्रदेश सभापतिसहित पदाधिकारीका लागि शनिबार नै सम्पन्न भएको मतदानको अहिले आठ बजेदेखि मतगणना सुरु गरिएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com