बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

संविधान संशोधन गर्न हाम्रो पार्टी सधै प्रतिबद्ध छ : भट्टराई

आजकोकुरा: मंसिर १८, काठमाडौं। सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्ने प्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी गरे ।

साथै, उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे । यसैगरी,अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरामा आफ्नो पार्टीले संसदमा कुरा उठाइराखेको र मन्त्रिपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन समेत दिएका छन् । उनले ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबै थोक होस भनेर मात्रै हुँदैन । साङ्केतिक हुन्छ । किनभने हामी संसद्बाट पनि बोलिराखेका छौँ । सडकबाट पनि बोलकै छौँ । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अब हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध ’ भने।

त्यस्तै ,उनले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत राख्दै नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com