बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

विल्सनले छोरी जन्मीदा भने ‘ निक्कै भाग्यमानी रछु’

आजकोकुरा: मंसिर २४ ,काठमाडौ। चर्चित हास्य कलाकार विल्सन विक्रम राईको छोरी जन्मेको छ । विल्सनका दुई वर्षका छोरा पनि छन् ।

उनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मिएकोमा खुशी बाँड्दै विल्सनले आजकोकुरासंग ‘ छोरीको आगमननै होस् भन्ने थियो ,साच्चै आफूलाई निक्कै भाग्यमानी ठानेको छु । अहिले आमा र छोरीको अवस्था निक्कै नै राम्रो छ ’ भने।
छोरीको तौल ३ केजीको रहेको पनि विल्सनले बताए । उनले छोरीको नाम सभ्यता बी राई राखेको पनि जानकारी गराए ।

‘मेरी बास्सै’ नामक हास्य सिरियलमा काम गरेपछि विल्सन अनि सिरियल समेतको चर्चा चुलिएको थियो । उनलाई अझ ‘तक्मे बुढा’भने चिन्छन् । कठोर संघर्षबाट आएका विल्सनले काम बाट ओह्रालो लाग्नुपरेको छैन।हाल उनि केही समयदेखि झापामा घरायसी जीवनमा व्यस्त देखिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com