बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

दाङमा ५ दिने चलचित्र निर्माण कार्यशाला हुने

आजकोकुरा: मंसिर २९, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ ।

पहल नेपालको आयोजना साथै चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा हुनेछ। जसमा निर्देशक एवं लेखक दीपेन्द्र लामा,अर्का निर्देशक एवं अभिनेता अनुप बराल र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिदैछन् ।

पाँचदिने सो कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले बताए।

यस सम्बन्धमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मोफसलका चलचित्रकर्मीहरुलाई मूलधारमा जोड्न कार्यशाला महत्वपूर्ण हुने बताए । उनले ‘मोफसलमा रहेका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक तथा सार्थक चलचित्र निर्माणको वातावरण बनाउन यो कार्यशाला निकै महत्त्वपूर्ण हुने विश्वास छ ’ भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com