बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

सेभ द नेशन मुभमेन्ट नेपालको भक्तपुर जिल्ला संयोजकमा बलराम सैजु

आजकोकुरा: पुस २७, काठमाडौं । जल,जमिन,जनावर,जडिबुटि,जंगल र जवानलाई परिचालित गरि जनताबाट ,जनताद्वारा,जनतालाई नै अवधारणा लागु गर्नुपर्छ भन्ने मूल नारा लिएर अभियान शुरु गरेको सेभ द नेशन मुभमेन्ट नेपालले भक्तपुर जिल्ला संयोजकमा बलराम सैजु र महिला विभाग सहसंयोजकमा राधा गिरीलाई मनोनित गरेको छ ।

सेभ द नेशन मुभमेन्ट नेपाल सम्पर्क कार्यालय कोटेश्वरमा केन्द्रिय संयोजक कासी प्रसाद गुरुङले सैजु र गिरीलाई खादा लगाएर मनोनित गरे।

मनोनित कार्यक्रममा गुरुङले मुलुक प्रति चिन्ता व्यक्त गर्दै ‘मुलुकलाई परिवर्तनको सहि दिशा दिनको लागि देशभक्ति नयाँ नेतृत्वको आवश्यकता छ ,जसलाई अब सेभ द नेशन मुभमेन्ट नेपालले पुरा गर्नेछ ‘भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com