बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास समेत खारेज

आजकोकुरा: पुस २८,काठमाडौं। ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज समेत गरिएको जनाएको छ ।

साथै,कुनै पनि निकायले नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा अब गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

मन्त्रालयद्वारा बुधबार जारी गरिएको सूचना अन्तर्गत सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ। त्यस्तै, पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com