बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

इण्टरनेशनल अवार्डबाट बुद्दिमान परियार सम्मानित

आजकोकुरा: पुस २९, काठमाडौं । लेखक,राजनीतिक विश्लेषक तथा गीतकार बुद्दिमान परियार इण्टरनेशनल अवार्ड बाट सम्मानित भएका छन्।
मानव -अधिकार संरक्षण तथा छुवाछुत-जातीय विभेद बिरुद्ध कार्य गरिरहेको ‘द दलित साहित्य एकेडेमी नेपाल ‘नामक अन्तराष्ट्रिय संस्थाले सामाजीक चेतना,जातीय विभेद अन्त्य लेख रचना , समानताको राजनीतिक अभियानमा समर्पित भएका कारण उच्च मुल्यांकन गर्दै उनलाई सन् २०२१ को अन्त्यतिर सम्मान गरिएको हो।
सो संस्थाले ‘इन्डो नेपाल फ्रेन्डशिप इण्टरनेशनल अवार्ड- २०२१ ‘ र ‘११ औं एशियन कन्फरेन्स अफ दलित राइटर्स-२०२१ ‘नामक दुइ शिर्षकमा परियारलाइ सम्मान गरेको छ।
मैवाखोला-३ (साविक साँघु-३ )ताप्लेजुङ्गमा पिता गिताराम परियार र माता गंगामाया परियारको कोखबाट बि.स.२०३० भदौ ६ गते उनको जन्म भएको हो ।

उनि सामाजिक अभियानमा सक्रिय रहनुका साथै राजनीतिक विश्लेषकको रुपमा पनि परिचित छन्। उनले प्राय जनचेतना मुलक लेख लेख्ने गर्छन। उनले लेखेको जननेता मदन भण्डारी सम्बन्धि गीत पनि सार्वजनिक हुने क्रममा छ।
परियार नेकपा एमाले पार्टीबाट राजनीति क्षेत्रमा समेत सक्रिय रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com