नेपाली जनता दल र गान्धीवादी पार्टी विच एकीकरण हुने

0
15

आजकोकुरा: वैशाख३,काठमाडौ।नेपाली जनता दल र गान्धिवादी पार्टी विच एकीकरण हुने भएको छ।

साढे दुई महिनाविचको तेस्रो चरणको वार्ता र छलफल पछि अब भन्ने पार्टी एक हुने पक्का भएको हो।

तेस्रो चरणको वार्ता नेपाली जनता दल केन्द्रीय कार्यलय काठमाडौ अनामनगरमा भएको र सो वार्ताले अब एकीकरण पुग्ने निश्कर्ष पुगेको पार्टीका अध्यक्षहरुले बताए।

वार्ता टोलिमा नेपाली जनता दल अध्यक्ष तथा सभासद हरि चरण साह र गान्धीवादी पार्टी अध्यक्ष डा.लाल बहादुर रानाको आआफ्नो नेतृत्वमा छलफलमा जुटेका थिए।

अन्य वार्ताटोलिमा जनता दल तर्फ पार्टी संगठ्न बिभाग प्रमुख राम प्रसाद साहु,उपमहासचिव निश्चल जोसि,केन्द्रिय सदस्य खड्का थिए भने अन्य गान्धिवादी पार्टीको तर्फबाट उपाध्यक्ष इन्द्र मगर,केन्द्रिय सदस्य बल राम तामाङ लगायतको वार्ता टोलिमा रहेका थिए।

अब समयको माग रहेको र देशलाइ सहि मार्ग दिन पार्टी एक हुनुपर्ने आवस्यकता रहेको दुवै दलका अध्यक्षहरुले बताए भने आउने छ महिनाभित्र सबै राष्ट्रिय भेला सप्पन्न गरि पुर्णरुप दिइ पत्रकार सम्मेलन गर्ने बताएका छन्।

LEAVE A REPLY