पहिचान मेटाउने राजतन्त्र स्विकार हुदैन: पहिचान मोर्चा नेता बुद्धराज

0

आजकोकुरा: चैत १८,काठमाडौ।पहिचान पक्षधरले राजतन्त्र नस्विकार्ने बताएका छन् ।
आजकोकुरा डटकमसंगको कुराकानिमा पहिचान मोर्चा तामसालिङ प्रदेश समिति अध्यक्ष बुद्धराज स्याङतानले यस्तो प्रतिकृया दिएका हुन् ।
कुराकानिको सिलसिलामा उनले ‘राजतन्त्रले समग्र मुलबासिहरुको इतिहास समाप्त पारेको छ,त्यसकारण स्विकार्य छैन।यो राजतन्त्र फर्कनु सम्भव छैन’भने।

यसैगरी अध्यक्ष तामाङले बोल्ने क्रममा ‘ चैत १५ गते पुर्वराजाको निर्देशनमा आन्दोलन भएको हो।बालेनले जरिवाना पत्र पठाएको ठिक छ,पुर्वराजाले जरिवाना तिर्नै पर्छ’भने।
बाकिकुरा जस्ताको तेस्तै:

“बुद्ध भाव बन्नु पर्छ अब मुलमन्त्र”

0
डा. ओमकृष्ण प्रसाईं
आजकोकुरा:चैत १६

हृदय सफा भएमात्र सफल लोकतन्त्र
बुद्ध भाव बन्नु पर्छ अब मुलमन्त्र।

सागर देखि सगर सम्म नेपालिको कीर्ति
हिंसाले होइन अब, सत्य र इमानले जिती।

बैर भाव त्यागी अब प्रेमले सन्सार जितौ
सपनामा हैन अब, विपनामा जागौ।

माटोको सुगन्ध यहि माटोमा मिसाई
इमानको रोटिमा अब, पसिना बगाई।

न्याय र समानताको मञ्चमा सँगै डटौं।
आशाको ज्योति अब, हरेक मुटुमा बालौ।

धरती हाम्रो सपूत, आकाश हाम्रो गर्व,
देशभक्तले मात्र बुझ्दछ्न नेपालिको मर्म।

संघर्ष र बलिदानको कथा लेख्नु पर्छ
समृद्धि र गौरवको लहर ल्याउनु पर्छ।

हृदय सफा भएमात्र सफल लोकतन्त्र
बुद्ध भाव बन्नु पर्छ अब मुलमन्त्र।

डा. ओमकृष्ण प्रसाईं
सिडनी, अस्ट्रेलिया
२०८१/१२/१६

कुलमानलाइ पुनर्बहाली नगरे पहिचानवादी पनि आन्दोलनमा उत्रने

0

आजकोकुरा:चैत १३,काठमाडौ।नेपाल सरकारले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङलाइ हटाएपछी देशको सबै सहरमा आन्दोलन निस्किएको छ।
हाम्रो उज्यालोदाता इमानदारी कर्मचारी पुनः पुनर्बहाली गरिनुपर्छ भन्दै कुलमानको समर्थनमा देशव्यापिरुपमा आन्दोलन निस्किएको हो।
कुलमान बि.स.२०७३ सालमा बिधुत प्राधिकरणमा आउनु भन्दा अगाडि देशमा २२ घण्टासम्म लोडसेडिङ थियो,तर जब उनी बिधुत प्राधिकरणमा आए त्यो लोडसेडिङलाई जरैबाट हटाएर उज्यालो नेपाल बनाए।साथै अरबौ घाटा खेपिरहेको प्राधिकरणलाई अझ अरबौ नाफामा समेत लगेका थिए।
उनलाइ पटकपटक नेपाल सरकारका उर्जामन्त्री दिपक खड्काले स्पष्टीकरण सोधेको थियो।जनता,अनि राजनीति विश्लेषकहरुले कुलमनमाथी व्यक्तिगत रिसइबि साधिएको,इमानदार भएर कमिसन नदिएको हुनाले उनलाइ यसरी दुख दिइएको आरोप उठिरहेको थियो।
दुइदिन अघि सोमबार मन्त्री परिषदको बैठकले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले हटाएको छ।र उनको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
कुलमान घिसिङ समर्थमा आन्दोलन रोकिने छाटाकाट छैन।आन्दोलनकारिहरुले सरकारले माफी माग्दै इमानदारीतालाइ पुरस्कृत गर्दै पुनर्बहाली गरिनुपर्छ,उर्जामन्त्री खड्काले राजिमाना दिनुपर्छ भन्ने माग गरिरहेका छन् ।
यसै सिलसिलामा पहिचानवादी शक्तिले पनि कुलमानलाइ समर्थन गर्दै सरकारले गल्ती नसच्याए आन्दोलनमा जाने आजकोकुरा डटकमसङ बताएका छन् ।
आजकोकुरामा पहिचानवदि शक्तिका नेताले के भने?भिडियो:

वुद्दिमान परियारको एक कविता “विनास यात्रा”

0

आजकोकुरा: चैत ११,काठमाडौ।राजनीतिकर्मी तथा गीतकार ,साहित्यकार बुद्दिमान परियारले पनि गणतन्त्र रक्षार्थ गर्दै पुर्वराजा प्रती व्यंग प्रहार गरेका छन् ।
हाल नेकपा एमालेका युवा नेता समेत रहेका साथै दर्जनौ गीत ,कबिता लेखिसकेका परियारले “विनास यात्रा” कविता मार्फत पुर्वराजा प्रती व्यंग प्रहार गरेका हुन्।

कविता यसप्रकार छ।

विनास यात्रा” – बुद्दिमान परियार।
राजगद्दीमा बसेका थियाै २४० बर्ष
अहिले गाेहीकाे जसरी आँसु झर्छ
नारायण हिटी सम्झि कतिन्जेल बाँचु
त्यागेकाे राजसंस्था फिर्ता लिई कसरी हाँसु

केही स्वार्थीहरु मलाई उचाल्न थाले
मन्त्री,प्रधानमन्त्री बन्ने उनीहरुको आस,
यीनीहरुकाे गलत लै लै र उचालैमा लागे
नागर्जुन जंगलमा पाे हुने हाे कि बास!

मन्दिर धाउनु पुकार गर्नु,नेपालकाे हितमा
गणतन्त्र माथिआँखा लाए पुगिन्छ चितामा
महाराज चुपचाप बसाै आफ्नै निवासमा
समय खेर नफालाैआफू राजा हुने आसमा।

 

चाडै मुलवासीको चेत खुल्नेवाला छ: पहिचानवादी नेता गुरुङ

0

आजकोकुरा: चैत १०,काठमाडौ।पहिचानवादी मोर्चा कार्यबाहक संयोजक ज्ञान बहादुर गुरुङले यो सत्ताले पहिचानवादिहरुलाइ अर्कै देशको नागरिक जस्तो व्यवहार गरेको बताएका छन् ।

आजकोकुरा डटकमसंगको कुराकानिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संविधान घोषणा संगै पहिचानको आन्दोलन सेलायो, हक अधिकार प्राप्त भैसकेको हो?भन्ने प्रस्नमा गुरुङ्ले ‘हामी आफू आफू विभिन्न कारणले तितरबितर भएको हो,हामी हाम्रो हक अधिकारको कुरा पछि पनि गरौंला ,तर अहिले संविधान घोषणा हुन जरुरी छ भनेर केही लचकता अपनाएको नै हो।अब सशक्त आन्दोलनको माग भैरहेकोले आन्तरिक तयारी हुदैछ’भने।
कुराकै शिलसिलामा उनले ‘जब ओलि प्रधानमन्त्री आउँछ,तब हामीलाई कुनै न कुनै कोणबाट खेद्न शुरु गरिन्छ।कहिले के कहिले के हुन्छ नै।यो पटक ताप्लेजुङमा रहेको मुलवासी लिम्बू किरातहरुको आस्था मुक्कुमलुङमाथी प्रहार भैरहेको छ।पहिचानवदिहरुलाइ अर्कै देशको नागरिक झै व्यवहार भैरहेको स्पस्ट छ,तर यो असह्य हुनेछ।र,यो देशको निर्माण नै यहाँको मुलवासीले गरेको हो,जसले आजसम्म संरक्ष्ण गर्दै आइरहेको छ।समग्र मुलवासीहरुको चेत खुल्नेवाला छ,खुलेको दिन ,सोच्न नसकिने परिणाम आउनेछ,बेलैमा यी सत्ताधारीहरुले सोच्नुपर्छ’पनि भने।
साथै गुरुङले राजतन्त्र सपनाको कुरा हो समेत भने।
बाकिकुरा जस्ताको तेस्तै:

राजाबादिले सोचे जस्तो जनता छैनन् : पुर्वसांसद सिटौला

0

आजकोकुरा: चैत ०९,काठमाडौ।जसपा नेपाल सचिव तथा पुर्वसांसद लिला सिटौलाले ठुला दलका नेताहरुले गल्ती गरेका हुनाले पुर्वराजादेखि डराएका हुन् भनेका छन् ।
आजकोकुरा डटकमसंगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राजतन्त्र सकिएको भन्ने अनि पुर्वराजाको वक्तव्य र सवारी प्रती दलहरुले किन यत्तिका चासो राखेका छन् ?के राजतन्त्र फर्कन्छ त?भन्ने प्रश्नमा पुर्वसांसद सिटौलाले ‘यी जति पनि ठुला नेताहरु छन् सबैले भ्रष्टाचार गरेका छन् ,भ्रस्टाचारिलाई साथ दिएका छन् ।यसरी गल्ती गरेका हुनाले जनता रुष्ट हुँदै गैरहदा पुर्वराजाको कुरा उठेको हो र नेताहरु डराएका हुन् ।तर, राजतन्त्र कुनै हालतमा पनि फर्कदैन।मरिसकेको तन्त्र कसरी फर्कन्छ?हामी अघि बढी सक्यौ,सुनौलो गणतन्त्र सुधार्दै लाने हो,खराबिलाइ पन्छाउदै लाने हो’भने।
यसैगरी उनले ‘जनतासंग जसपा नेपाल ‘अभियानले जनताको समस्या बुझ्ने अनि त्यसलाइ कसरी सम्बोधन गर्न सकिन्छ?भन्ने हाम्रो पार्टी लागिपरेको छ।साच्चै हाम्रो पार्टिअध्यक्ष पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव जत्तिको जनपृय राष्ट्रवादी नेता अरु देखेको छैन पनि भने।
त्यस्तै सिटौलाले पुर्वराजा बिरेन्द्र शाहको सपरिवारको हत्या हुनु,तर ज्ञानेन्द्र शाहको एउटा पनि नमर्नुमा पनि चौतर्फि शंका छ।र, यी राजाबादिले सोचे जस्तो जतना छैनन् ।
बाकी कुरा जस्ताको तेस्तै:

ज्यानजाला तर केबलकार बन्न दिदैनौ: नो केबलकार पक्षधर

0

आजकोकुरा: चैत्र ८,काठमाडौ। ताप्लेजुङ मुक्कुमलुङ अर्थात पाथिभारामा स्थानीय जनताको चाहाना विपरीत निर्माण भैरहेको केबलकार बन्द गरौं आन्दोलनले उग्ररुप लिदै गएको छ।
गत बुधबार पनि काठमाडौ माइतीघर मण्डलामा नो केबलकार पक्षधरले बृहत जनप्रदर्शन गरेको हो।

देशैभरिका मुलवासी,प्रकृतिपुजक साथै सनातन हिन्दुधर्मलम्बिहरुको समेत सहभागीता रहेको आन्दोलन र्याली ललितपुरको कुपोन्डोलबाट शुरु भएर काठमाडौ माइतीघरमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा करिब करिब २५ वटा पहिचानवादी राजनीतिक दलका नेताहरु,स्वतन्त्र वुद्दिजिवी,सामाजिक संगठनका अगुवाहरुले एउटा व्यापारिको पक्षमा रहेर लाखौ स्थानियको बिपक्षमा सरकार जानू सरासर गलत हो,हामी केबलकार बन्द गरेरै छोड्छौ भनेका थिए।

उक्त आन्दोलनमा आजकोकुरा डटकमले केही नो केबलकार पक्षधरका राजनीतिक नेतासंग छुट्टै राय मागेका थियौ।रायमा सरकारले यस्तै हेपाहा प्रबिद्दी गरेर जबर्जस्ती गरेमा यो मुक्कुमलुङमा नो केबलकार आन्दोलन नै तेस्रो जन आन्दोलन हुँदै यो शासन सत्ता ढल्ने सम्म हुनसक्छ समेत भनेका छन् ।
आजकोकुरा डटकमले लिएको राय भिडियोमा:

 

लोकतन्त्रमा पुर्वराजाले मुख्यमन्त्री हुन खोज्नु राम्रै कुरा: पुर्वमन्त्री पासवान

0

आजकोकुरा: चैत्र ८,काठमाडौ। बहुजन शक्ति पार्टि अध्यक्ष तथा पुर्व वातावरण मन्त्री बिशेन्द्र पासवानले एउटा बिदेशी योगिको फोटो राखेर पुर्वराजा ३ प्रदेशको मुख्यमन्त्री बन्न खोज्नु लोकतन्त्रमा राम्रै कुरा हो भनेका छन् ।

आजकोकुरा डटकमसंगको कुराकानिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
देशको चौतर्फी जनता गणतन्त्रप्रती निरास भैरहदा पुर्व राजाहरु सलबलाउन थाले के गणतन्त्र, लोकतन्त्र धराप भएकै हो त?भन्ने प्रश्नमा पुर्वमन्त्री पासवानले ‘कुनै विदेशी मुख्यमन्त्रीको फोटो बोकेर र्याली गर्नु लोकतन्त्रमा पाइन्छ,पुर्वराजाले ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न खोज्नु राम्रै कुरा हो,८४ को चुनावमा स्वागत छ’ भने।यसैगरी उनले ‘केपि ओलि सत्तामा आउदा जहिले पनि आदिवासी जनजाति ,पिछडावर्ग,दलितलाइ कतै न कतैबाट हेप्छ।यस्ता नेताहरुका कारणले लोकतन्त्र गन्हाएको हो।तर,१/२ नेताका कारण गणतन्त्र गन्हाउदैन ‘पनि भने।

साथै,पुर्वमन्त्री पासवानले ‘ओबिसीको माग सम्बोधन नगरे आउने ८४ को चुनाबमा यी पहिचान विरोधी,हकअधिकार बिरोधि पार्टिहरु लखेटिनेछन्’ समेत भने।
बाकीकुरा जस्ताको तेस्तै:

यसपटक बारको चुनाब रोचक

0

आजकोकुरा: फागुन २८,काठमाडौं। नेपाल बार एसोसिएसनको आगामी निर्वाचनमा गज्जबको प्रतिस्पर्धा हुने भएको छ।
जसअन्तर्गत विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठको ‘प्यानल’बीच मुख्य हुने प्रतिस्पर्धा रोचक देखिएको छ।
अध्यक्षमा ५ जनाको उम्मेदवारी परेपनि मिश्र र श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिदैछ।
यसपटक नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था ‘डीएलए’ र नेकपा एमाले निकट संगठन ‘पीपीएलए’को गठबन्धनबाट अध्यक्षमा मिश्रलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको छ।
यसैगरी ,नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरूको संगठन ‘आरपीएल’ र राष्ट्रिय स्वतन्त्र पार्टी निकट कानुन व्यवसायीहरूको समेत समर्थनमा रमणकुमार श्रेष्ठ मिश्रका विरुद्धमा मैदानमा खडा उत्रीएका छन्। आफूलाई विपक्षी गठबन्धनको उम्मेदवारका रूपमा समेत चिनाउने रमणले मिश्रलाई पराजित गरेर बारको नेतृत्वमा स्थापित गर्न हरसम्भव प्रयास गर्ने कानुन व्यवसायीहरूबीच चर्चा चलिरहेको छ। रमणलाई सम्भु थापा सुशिल पन्तलगायतको बलियो साथ समेत रहेको छ।
रोचक पक्ष अध्यक्षका उम्मेदवार मिश्र र श्रेष्ठ दुवैजना नेपाल बार एसोसिएसनका महासचिव भइसकेका व्यक्ति हुन्।यसपटक बारको अध्यक्षका लागि राजु कैती, उज्जवल घिमिरे र आशिष पौडेलले समेत उम्मेदवारी दिएका छन् ।
त्यसैगरी,अध्यक्षपछि महत्त्वपूर्ण मानिने बारको महासचिवमा केदारप्रासद कोइराला र यज्ञमणि न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। सत्ता गठबन्धन अथवा मिश्रको प्यानलबाट कोइराला र विपक्षी गठबन्धन श्रेष्ठको प्यानलबाट न्यौपाने महासचिवको उम्मेदवार बनेर मैदानमा खडा भएका छन्। नेपाल बारमा यसअघि पनि महासचिवको उम्मेदवार बनेर पराजित भएका कोइराला दोस्रो प्रयासमा बारको महासचिव बन्ने दाउमा छन्। महासचिवमा हरिशरण कार्कीले समेत उम्मेदवारी दिएका छन् ।
त्यस्तै ,बारको पदाधिकारीमा अध्यक्ष र महासचिवपछि कोषाध्यक्षलाई महत्त्वपूर्ण भूमिकामा लिने गरिन्छ। बारको कोषाध्यक्षमा मिश्रको प्यानलबाट जगतबहादुर कार्की र श्रेष्ठको प्यानलबाट दिपक राई मैदानमा खडा भएका छन्।यसपटक राईले बाजि मार्ने जताततै चर्चा चलिरहेको छ। कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटाले पनि भोट काट्ने आँकलन गरिएको छ।

साथै ,महिला समितिको संयोजक रहने महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र दिना श्रेष्ठको उम्मेदवारी परेको छ। सरस्वतीले मिश्रको प्यानलबाट र दिनाले श्रेष्ठको प्यानलबाट महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।
उपाध्यक्षमा आकर्षक मानिने बागमतीको उपाध्यक्षमा तेजबहादुर रावल र डेकेन्द्रप्रसाद सुवेदीको उम्मेदवारी परेको छ। चुनाव आगामी चैत २३ गते हुनेछ।

 

 

 

गणतन्त्रवादी ” हरु किन माैन?: वुद्दिमान परियार (राजनीतिकर्मी)

0

आजकोकुरा: फागुन २६,
गणतन्त्र र गणतन्त्र ल्याउने पार्टीहरू विरुद्ध केही अवाञ्छित व्यक्तिहरु सडकमा कुर्लन थालेका छन्।गणतन्त्रको विकल्प भन्दै पार्टी र श्रीर्ष नेताहरुकाेबारेमा भ्रम छर्दैछन्। यस्ताे बेला सच्चाइ के हाे?
हामीले भन्नै पर्छ,माैन बसेर हुदैन। गणतन्त्र- जनताकाे सर्वाेच्च निकाय हाे,नागरिकहरूकाे प्रतीक हाे। जनता सार्वभौमसत्ता सम्पन्न हुने याे व्यबश्थालाई कमजाेर बनाउन पूनर्उत्थानवादीहरु
सलबलाउन थालेका छन्। उनीहरु फेरि जनतामा निरंकुश शासन लाद्न खाेज्दैछन् ।
हामीले २४० बर्षे राजाकाे शासन भाेगेकै हाे,अझ २०५८ देखि
२०६२/६३ सम्म पूर्ब राजा ज्ञानेन्द्र शाह आफू राजा भएकाे बेला गरेका गलत गतिविधिहरु नेपाली जनतालाई थाहा छैन र? धेरै भन्नू पर्छ र? उनकै कारण राज संस्था गएकाे हाेईन र? दल र
नेताहरूलाई दाेष्ने कुनै आधार छैन। तत्कालीन सात दलका नेताहरु र माओवादी समेत राज संस्था प्रति सकारात्मक नै रहेकाे कुरा ईतिहास ( प्रयाेग शाला) मा हेर्न सकिन्छ।
यति हुदाहुदै पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिगामी कदम चाले पछि लाखौं लाख ( लगभग १५/२० लाख) जनताकाे जनआन्दोलन बाट राज संस्था विस्थापित भएकाे हाे । अहिले म फेरि आउछु भनेर राेईलाे गर्नु कति जायज? तपाईंले लाएकाे आराेप कति सत्य? के भाकाे छ र देशमा अहिले? गृहयुद्ध चलेकाे छ? संविधान च्यातिएकाे छ? राजनीतिक संकट छ? वा विदेशी हस्तक्षेप? के भएकाे छ? मात्र एउटा कमजोरी भनेकाे राजनीतिक स्थायित्व छैन दलहरु कहिले काहीँ सत्ताकाे लागि खेलाेमेलाे गर्छन् त्याे वाहेक अरु के छ?
भ्रष्टाचार, सुशासनको बारेमा नखाेके हुन्छ २४० बर्षे शासन हेरेकै हाे। तपाईंहरू कुनै अमुक मान्छे हाेईन त्यसकारण फुर्तिफार्ति गरिरहनु त्यति शाेभनिय नहाेला।
याे गणतन्त्र नेपाली जनताकाे प्रतीक हाे,सान हाे,यसलाई आँखा लाउने कासिश नगर्दा नै राम्रो हाेला। केही स्वार्थीहरुकाे स्वार्थपूर्तकाे निम्ति आँखा नचम्काउन,हात नलम्बाउन र पाईला नचाल्दा पूर्ब राजाकाे कल्याण नै हाेला।
यस्ताे बेला प्रमुख दलहरु दाेषापणमा हाेईन,संघीय लाेकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र गणतन्त्रको रक्षाकाे निम्ति एक ठाउँ हुने बेला आयाे। सत्तामा बसेकालाई दाेसेर प्रतिपक्ष उम्किने ठाउँ छैन किन कि हिजाे सबै मिलेर गणतन्त्र ल्याएकाे हाे। याे गणतन्त्रको विकल्प राजतन्त्र हाेईन….।

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...